शुक्रबार, बैशाख १४, २०८१

हिन्दूत्व राष्ट्रियता हो, साम्प्रदायिकता होईन

:अस्मिता भण्डारी(महासचिव विश्वहिन्दू महासंघ अन्तराष्ट्रिय)

यहाँ राष्ट्र , राष्ट्रिय अखण्डता त्यस्तै धार्मिक सहिष्णुताको कुरा गर्यो भने ,बाहुनवाद र साम्प्रदायिकताको आरोप वा जडसूत्रको रुपमा परिभाषित गर्ने परिपाटी आफैमा नौलो विषय होइन 

-देशलाई पेन्डुलम बनाएर आफ्नो जिम्मेवारीबाट कोहि पनि सरक्क पन्छिन मिल्दैन

 – शेरबहादुर र प्रचण्डजीको विर्ता त होइन होला नी यो देश ,  जे- जे मन लाग्छ त्यो गर्ने ?  

– यो देशलाई आज  काक्राको चिरा काटे जसरी देश टुक्रयाउन तयार छन् राजनीतिक दलका नेताहरु 

 

मुलुकमा हिन्दूराष्ट्र पुर्नस्थापनाको लागि विश्वहिन्दू महासंघको तर्फबाट के कस्तो पहल हुँदैछ ? 
सबैभन्दा पहिले त नेपाल सनातानदेखि नै हिन्दू अधिराज्य हो र यो कायम रहनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ । यही उद्देश्य पुर्तिकालागि विश्व हिन्दु महासंघ विगतदेखि नै सक्रिय रहदै आएको छ । यसको लागि महासंघले मुलुकका राष्ट्रपति , सरकार प्रमुख , र विभिन्न दलका नेताहरुसमक्ष अपौचारिक एवम् अनौपचारिक रुपमा हाम्रो स्पष्ट धारणा राख्दै आइरहेका छौ । राष्ट्रियताको एक महत्त्त्वपूर्ण आधारस्तम्भको रुपमा रहदै आएको हिन्दू अधिराज्यलाइ नजर अन्दाज गर्दैगर्दा हाम्रो राष्ट्रियताको आधार कमजोर हुन्छ । हाम्रो संस्कृति , सभ्यता र नैतिकता हराउनेछ भनेर हामी विभिन्न रचनात्मक गतिबिधिमा सञ्चालन गदै आइरहेका छौ ।

रचनात्मक गतिबिधिले प्रस्तावित लक्ष्य तार्किक निष्कर्षमा पुगिन्छ र ? 
पहिलो कुरा त के छ भने हामी यो धर्म निरपेक्ष संविधान मान्दैनौ   । संघियता , गणतन्त्र र धर्म निरपेक्षता जस्ता कुरा सुन्दा सामन्य जस्ता लागे पनि यि विषयले   मुलुकलाई अन्ततगोत्वा दुर्घटनामा नै पुर्याउने होे ।त्यसैले हामी प्रस्तावित लक्ष्यलाइ तार्किक निष्कर्षमा परिणत गर्न परिणाममसखी संघर्षको तयारी गर्दैछौ ।

रचनात्मक त्रियाकलापको कुरा गर्दै गर्दैगर्दा यो वा त्यो कोणबाट गौ हत्या गर्न पाउनु पर्छ भन्ने अभिब्यक्तिहरु वेला वेलामा आउछन् , तैपनि विश्व हिन्दु महासंघ त मौन हुन्छ आखिर किन ?
कहिले मौन भयो महासंघ , गौ हत्या नेपालमा बर्जित छ । महासंघ चाहान्छ गौ संरक्षण हुनुपर्छ । मुलुकमा गौ संरक्षणसम्बन्धी बलियो कानुन हुँदाहुदै पनि जथाभावी नियोजितरुपमा आउने अभिब्यक्तिको कुनै तुक छैन र रहन्न पनि । यो त केवल हिन्दूभाव माथि चोट प्रहार गर्ने कुण्ठित प्रयासमात्र हो । र यस्तालाइ कारवाही गर्नु पर्छ भन्दै महासंघ सदैव अग्रपक्तिमा उभिएको अवस्था छ । अर्को महत्वपूर्ण प्रसंग भनेको राज्यको राष्ट्रिय जनावर गौ माताको हत्याको कुरा सार्वजनिक हुँदा राज्यको मुकदर्शक पनको विरोध गर्ने संस्था भनेको महासंघमात्र हो । यद्यपी राष्ट्रिय जनावर संरक्षणमा राज्यनै लाचार हुन्छ भने मेरो भन्नु केहि छैन ।

के त्यस्तो हो भने महासंघले सुरु गरेको हिन्दू राष्ट्रको एजेन्डा स्थापित हुन्छ भन्ने विषयमा विश्वस्त हुनुहन्छ ?
हामी धेरै चुनौतिलाई पार गर्दै संसारमा स्वतन्त्र अखण्ड र अभिभाज्य नेपाल राष्ट्रका नागरिक भएर बाचेका छौ । यो वा त्यो वहानामा देशलाई टुक्र्याउने र हिन्दूत्वको बिरोधमा जान खोज्नेहरुले राम्रोसँग सोचे हुन्छ यो देश  झुम्राको पुतली  होइन । राष्ट्रिय अस्मिता र राष्ट्रियताको प्रतिविम्व अर्थात हिन्दूत्वको रक्षाका निम्ति नेपाली जनता उठ्नेछन् । यसवीचमा महासंघले लिएको अवधारणाको कार्यान्वयनको पक्ष निर्वादरुपमा सफल हुन्छ ।

तर अहिले हिन्दूत्वलाइ त साम्प्रदायिकताको जडसूत्रका रुपमा परिभाषित गदैछन त ?
 तत्कालीन १२ बुदे सहमति अर्थात भारत र मुलुकका  राजनीतिक दलहरुवीच दिल्लीमा भएको सहमतिको आडमा भएको राजनैतिक अराजकताको श्रुखलासंगै मुलुकमा सुरु भएको यावत हर्कतको जग  भनेकै त्यही १२ बुँदे सहमति हो । यहि सहमतिको   आडमा भएको दफागत व्यवस्थाको विपरित मुलुकबाट धर्म  निरपेक्ष घोषणा गर्नु , निरंकुशताको अन्त्य गर्ने नाममा नेपाल र नेपालीको एकताको प्रतिक राजसंस्थाको सवालमा वदनियत निर्णय  गर्नु   मात्र नभएर  समाजलाई बिभाजन गर्ने कार्य राजनीतिक पार्टीको चरित्र र आचरण प्रति कोहिपनि अनभिज्ञ छ जस्तो मलाइ लाग्दैन । यद्यपी यसैको परिणाम यहाँ राष्ट्र , राष्ट्रिय अखण्डता त्यस्तै धार्मिक सहिष्णुताको कुरा गर्यो भने ,बाहुनवाद र साम्प्रदायिकताको आरोप वा जडसूत्रको रुपमा परिभाषित गर्ने परिपाटी आफैमा नौलो विषय होइन । हिन्दुत्व भनेको राष्ट्र ,राष्ट्रियता र सहिष्णुता हो , साम्प्रदायिकता होइन ।

पछिल्लो समयमा महासंघका उपाध्यक्ष समेत रहेका छिमेकी मुलुक भारतको उत्तरप्रदेशका मुख्य मन्त्री  योगि आदित्यनाथ र  महासंघका पदाधिकारीवीचको अर्थपूर्ण भेटवार्ता भएको चर्चा छ । आखिर कुरोको चुरो के हो    ?
योगिजी   त्यति ठूलो राज्यको मुख्य मन्त्री बन्नु भनेको हाम्रो लागि गौरवको विषय हो । तर यसो भन्दै गर्दा पहिलो कुरा हाम्रो आफ्नो देशको निम्ति आफै नै अग्रसर रहनु पर्दछ । आफ्नो आवश्यकताको  निम्ति आफै नै लड्नु पर्दछ । योगी जी त हिजो पनि हाम्रो साथमा हुनुहुन्थ्यो , आज पनि हुनुहुन्छ।  यसवीचमा  हाम्रो  अध्यक्ष जनरल भरतकेसर सिंहको नेतृत्वमा   मुख्यमन्त्री आदित्यनाथजीसंग भएको   भेटवार्ताको क्रममा हामीले उहाँलाई हामी बधाई तथा शुभकामना दियौ । नेपाललाई हिन्दू अधिराज्य बनाउने लगायत संगठनको गतिबिधि र नेपाल र भारतको मैत्रिपूर्ण सम्बन्धका सवालमा घनीभूत तथा अर्थपूर्ण   छलफल भएको छ अहिलेलाइ  यती नै  बुझौ  ।

देशमा दुइ दशक पछि निर्वाचन भएको छ । यसले गणतन्त्रलाई संस्थागत गर्ने प्रारम्भिक अध्यायको सुरवात गरेको छ । यसवीचमा तपाईंहरु त मौन हुनु हुन्छ ? 
देशमा निर्वाचन हुनु सकारात्मक कुराहो । प्रजातन्त्रको सुन्दरता नै निर्वाचनमा हुन्छ । म निर्वाचनको बिरोधि होइन तर, जुन ढंगले राजनीतिक गठबन्धन र चुनावी तालमेल भएर चुनाव भएको छ यो देश र जनता माथिको धोका हो । टाउकोमा गोलि ठोक्ने र टाउकाको मुल्य तोक्नेहरु एकै ठाउँमा घाँटीमा घाँटी जोडेर गराएको चुनावको सार्थकताको के कति भन्ने सर्वत्र  जग-जाहेरनै छन । त्यस्तै अर्को कुरा जसले मधेसी जनताको अधिकारको नाममा धन्दा चलाएर कमाउ अभियानमा  केहि मधेसीदल   जसको मुख्य अभिष्ट भनेकै  ल  केवल मधेसी पहाडीवीचमा  अबिश्वास पैदा गराउने , धर्मको नष्ट गर्ने र बिदेशीको दलाली गर्दै डलरको खेतिपाति गर्ने । सिधा, निर्दोष ,गरिब , अशिक्षित , र पहुच नभएका मधेसी जनताको टाउकोमा न गोली ठोक्ने   यो सब केको लागि ?  यसअर्थमा  यो निर्वाचनको बारेमा म धेरै चर्चा गर्न चाहान्न किनकि यसको प्रकृया र विधि हेरेर नै भन्न सकिन्छ , यो कसले गराएको हो ?  कसरी गराएको हो ।

तपाई एक संचारकर्मी तथा राजनीतिक विश्लेषक समेत हुनुहुन्छ , के छ अब देशको पछिल्लो राजनीतिक घटनाक्रमका सवालमा तपाईको दृष्टिकोण ?
राजनीति भनेको यस्तो बिज्ञान हो जो जीवनबाट टाढा हुनै सक्दैन । यसको प्रभाव सम्पूर्ण क्षेत्रमा पर्छ । मेरो दृष्टिकोणमा देश ववार्दीको दिशातर्फ धकेलिएको छ ।   यसलाइ कसैले रोक्न सक्ने अवस्था छैन । त्यस्तै  मुलुकका नेता मुलुकको माटो अनुरुप स्वचालित हुनु पर्नेमा परिचालित भइरहदा दिनानुदिन मुलुकमा नयाँ नयाँ घटनाको सूत्रपात भइरहेका छन ।  सत्तामोहमा लिप्त मुलुकका नेताहरुले एकै तहको चुनाव पनि खण्ड खण्डमा गर्न पर्ने  अवस्था सिर्जना  हुनु भनेको  संसारको लोकतन्त्रिक संसारमा कहि नभएको   घटनाहरु यो देशमा भइरहेका  छन ।    हो मुलुकमा प्रधानमन्त्री फेरिनु , सरकार फेरिनु कुनै अनौठो कुरा होइन , निर्वाचन हुनु राम्रो कुरा हो । तर यी सम्पूर्ण कुराको मुख्य स्वार्थ चाहीँ राष्ट्रको सर्वोपरी हितमा होइन व्यक्तिगत हित मात्र देखियो । शासन सत्ता परिवर्तन हुनु भन्दा पनि देश र जनाताक निम्ति के उपलब्धि हासिल भए त्यो महत्वपूर्ण पक्ष हो । देशलाई पेन्डुलम बनाएर आफ्नो जिम्मेवारीबाट कोहि पनि सरक्क पन्छिन मिल्दैनथ्यो

त्यसो त तपाई कै एजेण्डा बोकेको राप्रपाको पनि त यहि नियतिकै कारण जनमत गुम्यो नी होइन ?
प्रथम कुरा त म राप्रपाको साधारण सदस्यपनि होइन । राप्रपाको जनमतलाई हाम्रो जनमतसंग या हिन्दू अधिराज्यको जनमतसंग दाँजेर हेर्न मिल्दैन । राप्रपाले हिन्दूको नारा बोकेर भोट ल्यायो र त्यो भोटलाई सत्तासंग विनिमय गर्यो , नारा र भाषण एकातिर काम अर्केतिर गर्दै गयो भन्ने कुरा जनताले राम्रोसंग बुझे ।  फेरी  हिन्दूराष्ट्र र राज संस्थाको ठेक्का कमल थापाजीलाई मात्र कसले दियो रु ९४ प्रतिशत ओमकार परिवारका जनाताको भावनाभमाथि खेल्ने रु  धर्म सापेक्षको वकालत गरी निरपेक्ष संबिधान कार्यान्वयनमा लाग्ने , अखण्ड राष्ट्रको एजेण्डा बोकेर संघियता र देश टुक्राउने खेलमा लाग्ने राजसंस्थाको भोट माग्ने र राजाले मेरो पार्टी फुटाउने चलखेल गरे  भनी प्रचण्डसंग गएर रोईकाराई गर्ने ।  यो द्वेत चरित्रको परिणाम हो ।

 महासंघको  पछिल्लो    गतिबिधि  के रह्यो त   ?
हाम्रो गतिबिधि दिनहुँ झै कुनै न कुनै जिल्लामा भई नै रहेको छ । तर वर्तमान अवस्थामा राजनीतिक गतिबिधि यती हावी हुन थाल्यो की सही कुन हो गलत कुन हो जनताले छुट्याउन सक्दैनन । राज्यको हरेक संरचनाहरु पार्टीबाट पे्ररित छन् । निर्वाचन नै हुनुहुदैन भन्ने होइन तर सबैलाई समेटेर निर्वाचन हुनुपथ्र्यो । यसवीचमा न्यायलयको घटना हेर्नुस , निर्वाचन गठबन्धन हेर्नुस् । दोस्रो निर्वाचनकानिम्ति भनेर निर्वाचन आचार संहिता विपरित तह थपिए । यो कुरा हेर्दा के यो देश विधिले , कानुनले चलेको छ ? नियम र सिद्धान्तले चलेको छ ?  २-४ जनाको व्यक्तिगत स्वार्थ र गुटमा देशलाई चलाउने प्रयास भएपछि गणतन्त्र आओस की जुनसुकै तन्त्र आओस् , निर्वाचन होस् वा नहोस् त्यसले अर्थ राख्दैन । शेरबहादुर र प्रचण्डजीको विर्ता त होइन होला नी यो देश रु जता–जता मन लाग्छ , जे-जे मन लाग्छ त्यो गर्ने ? ।

तपाईको भनाईमा के राजा नै ठीक भन्न खोज्न’भएको हो ?
यो प्रश्न मलाई भन्दापनि एउटा साधारण नेपाली जनतालाई सोध्नुभयो भने पनि थाहा पाउन सक्नुहुनेछ । विदेशीका एजेण्टको शासन भन्दा त राजा हुदाँ धेरै ठीक भन्दछन् जनताले । राजा हुदाँ कमसेकम यस्तो राजनीतिक अराजकता थिएन । विदेशीले सिधै हाम्रो न्यायपालिका , व्यवस्थापिका र कार्यपालिकामा हस्तक्षेप गर्न सकेका थिएनन । तर अहिले हेर्नुस त देशको हविगत ।  त्यसकारण हाम्रो देशको राज संस्था अन्य मुलुुकको जस्तो होइन , हाम्रो देशको राजसंस्था राष्ट्र निर्माता हो । पृथ्वीनारायण शाहल एउटा सैनिकले जस्तो गरी कैयौं पटकको अथक प्रयासपछि एकिकरण गरेको यो देशलाई आज जतातता चाहियो त्यतै त्यतै काक्राको चिरा काटे जसरी देश टुक्रयाउन तयार छन् राजनीतिक दलका नेताहरु । अहिले जाति , धर्म , नश्ल र भूगोलको आधारमा जुन साम्प्रादायिक र अतिवादि राजनीतिको सिकार नेपाली जनता हुनुपरेको अवस्था छ , यो भन्दा ठुलो देशप्रतिको घात र अराजकता जनताप्रतिको अनुदारता र घात कहिले हुन सक्छ । अर्को कुरा देश टुक्रयाउन र धर्म मास्न तयार हुनेहरुलाई थाहा छ यो राष्ट्रघाति काम हो । तर , पैसाको अगाडी महादेवका तीन नेत्र भनेजस्तै लोभिपापी नेताले मालिकको इशारामा देशलाई खत्तम पार्दैछन् । त्यसैले यो देशको रक्षाकानिम्ति राजसंस्थाालाई एक अभिभावकीय साझा संस्थाका रुपमा स्थापित गरिएन भने मूूलूक अन्यौलताको दलदलमनाा फस्नेछ किनकी विश्व मानचित्रमा कैयौं देश मस्लिम र कृश्चियन नेतृत्वको देशहरु छन् , देशहरु छन् भने संसारमा हाम्रो देश एउटै मात्र हिन्दू देश हो र यसको मूल आधार हिन्दु राजा हुन् भने नेपाली सेना यो देशका रक्षार्थ खडा भएको हिन्दु सेना हो जुन हाम्रो एकता र राष्ट्रियताको आधारस्तम्भ हो ।