शनिबार, बैशाख १५, २०८१

२०४ औँ भानुजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं आषाढ २९, आज आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।  आदिकवि भानुभक्तले नेपाली भाषा, Anup_20170708_5साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा गरेको योगदानको सम्मान स्वरुप आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती मनाउँने गरेको हो।

 यसैक्रममा आज  भानु प्रतिष्ठानले  प्रभातफेरीसँगै प्रज्ञाप्रतिष्ठानको परिसरमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम  तय गरेको  छ भने   साहित्यकार गीता केशरी र संस्कृतिकर्मी डा. जगमान गुरुङलाई रथारोहण गराई सम्मान गर्ने भएको छ ।

मुलत आदिकवि भानुभक्तले आफ्नो प्रश्नोत्तर’ कृति मार्फत मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने वधूशिक्षामा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ । विसं १८७१ असार २९ गते तनहँुको चुँदीरम्घामा जन्मनुभएका उहाँको विसं  १९२३ असोज ६ गते निधन भएको थियो