शुक्रबार, बैशाख १४, २०८१

नेवारी परम्पराअनुसार ६३ टोलका मूल गुरुलाई सम्मान

आसन्न १४ औं ज्यापु दिवसको संयोजकको जिम्मेवारी नबहाः टोल दगु दापा खलःलाइ

Anup_20170709_12Anup_20170709_13काठमाडौ आषाढ २५ , ज्यापू संस्कृति विकास कोषले आज विभिन्न ६३ टोलका मूल गुरुलाई आज सम्मान गरेको छ । गुरु पूर्णिमाको अवसर पारेर काठमाडौँ महानगरपालिकाका नव निर्वार्चित प्रमुख विद्यासुन्दर शाक्यलको प्रमुख आतिथ्यतामा नेवारी परम्पराअनुसार भादगाउँले कालो टोपी, टीका, फूलको माला, दही, माछा, अण्डा तथा रक्सीको सगुनसहित कोषले यस्तो सम्मान कार्यक्रको आयोजना गरेको हो ।

सम्मान कार्यक्रम पछि कार्यक्रमका प्रमुख अतिथी कामपाका मेयर शाक्यले आदिवासीकारुपमा रहेका ज्यापु जातीको कला संस्कृति विश्वमै उत्कृष्ट रहेको र यसको जर्गेनाका लागि महानगरपालिका आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभउँनु भएका थियो ।

त्यस्तै कार्यक्रममा कोषका संरक्षक एवम् पूर्व मन्त्री तीर्थराम डंगोलले काठमाडौको सांस्कृतिक सम्पदाको संरक्षण एवम् यसको जर्गेना गर्नुृ महानगरपालिकाको कार्यक्षेत्र भएको जनाउ दिनु भएको थियो । साथै सोहि कार्यक्रममा आसन्न १४ औं   ज्यापु दिवसको अवसरमा विविध कार्यक्रमको आयोजनाका लागि कोषका तर्फबाट परम्परागत नबहाः टोल दगु दापा खलःलाई संयोजक रुपमा चयन गर्दै सोको घोषणा सहित खलःका अध्यक्ष न्हुछेनारायण डंगोललाई जिम्मेवारीपत्र र रु १ लाखको चेक हस्तान्तरण गरिएको थियो ।