शनिबार, बैशाख ८, २०८१

लोभ, लालच, मोहबाट बच्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई कामु प्रन्या पराजुलीको आग्रह

काठमाडौ आषाढ २९ साप्ताहिक पत्रिकाको  दुनियाँमा एक वेग्लै आयाम बोक्दै प्रकाशित हुँदै आएको घटना र विचार साप्ताहिकका प्रकाशन संस्था शुभ सञ्चार प्रालिद्वारा सञ्चालित हुँने घटना र विचार डटकम’को आज राजधानीमा आयोजित एक विशेष कार्यक्रमकावीच शुभारम्भ गर्दै सर्वोच्च अदालतका कामु 20067694_10207154435457941_419529274_n20045770_10207154435337938_1836835311_nप्रधानन्यायाधीश गोपाल पराजुलीले जनताको सुसूचित हुने अधिकार अन्र्तगत समाजमा रहेका यावत विकृति विसङ्गति विरुद्ध संविधानले निर्देशित गरे अनुरुप लोभ, लालच, मोह, अशुभबाट बच्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता डा रामशरण महतले समयानुकल आधुनिक प्रविधिको प्रयोग गरेर सूचना सम्प्रषण गर्ने पछिल्लो माध्यमकारुपमा विकशित हुँदै आएको अनलाइन समाचार जनताको जनताको सुसूचित हुने अधिकारलाइ थप टेवा दिदै आएको बताउँनु भएको थियो भने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको विग्रदो राजनीतिलाई सफा गर्न सञ्चारमाध्यमले समयानुकल आफुलाइ रुपान्तरित गर्दै जानु पर्नेमा जोड दिनु भएको थियो ।

  त्यस्तै कार्यक्रममा नेकपा एमालेका नेता शङ्कर पोखरेलले अनलाइनले पाठक बढाउने तर्फ भन्दा सत्य तथ्य यर्थात परक समाचार र सूचना सम्प्रेषण गर्नुपर्नेमा आफ्नो अभिमत प्रकट गर्नु भएको उक्त कार्यक्रममा  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन, राप्रपाका नेता राजेन्द्र लिङ्देन, राजपाकी नेत्री चन्दा चौधरीलगायतले पनि घटना र विचार साप्ताहिक जस्तैघटना र विचार डटकमले पनि जनताको मन जित्दै सत्य तथ्य एवमे निष्पक्ष समाचार दिन सकोस भन्ने शुभकामना अभिव्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा घटना र विचार डटकमका सम्पादक देवप्रकाश त्रिपाठीले राष्ट्रलाई केन्द्रबिन्दुमा राख निष्पक्ष भएर समाचार सम्प्रेषण गर्ने लक्ष्य अनुरुप अनलाइन सेवाको सुभारम्भ गरिएको बताउँदै प्रस्तुत अनलाइन सुरु गरिएको जानकारी दिदै उहाँले देश, जनता, स्वतन्त्रता, निष्पक्षता, सत्य, न्याय, प्रजातन्त्र, धार्मिकता र समृद्धिको पक्षमा सदैव खरो उत्रिने बताउँनु भएको थियो ।  त्यस्तै घटना र विचार’ साप्ताहिक पत्रिकाले जस्तै घटना र विचार डटकमले पनि खरो र दरो समाचार पस्कन कुनै कन्जुश्याइ नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको उक्त कार्यक्रमम संस्थाका अध्यक्ष राजु रिमालको सभापतित्वमा सम्पन्न भएको थियो ।शुभारम्भ कार्यक्रममा नागरिक समाजका अगुवा, राजनीतिकर्मी, समाजेवी, सञ्चारकर्मी एवम् विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको  उपस्थिति थियो ।