शनिबार, बैशाख १५, २०८१

साउदीमा अलपत्र १० नेपाली युवा नेपाल फर्किदै

काठमाडौं  आषाढ २७, साउदी अरबमा अलपत्र परेका १० जना नेपाली युवाहरुलाई मेनपावरले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ ।
वैदेशिक रोजगार विभागमा नेपाली साझा मञ्च साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल IMG_20170707_171007फर्काउन  र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी गरेपछि लक्की एचआर मेनपावर प्रालिले सोमबार लिखित सहमति गरेको हो ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका संचालक ऋषि शर्मालाई बोलाई कारवाही अघि बढाएपछि सोमबार भएको सहमतीमा रोजगारदाता कम्पनी र नेपाली राजदुतावाससंग समन्वय गरी पीडित १० जना क्रमस जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम लाई उध्दार गरेर यथाशिघ्र नेपाल पठाउँने क्षतिपूर्ति एवं राहतका विषयमा पुन छलफल गरिने मौखिक सहमति भएको साथी अभियानकी संयोजक शारदा भुषाल झालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पीडितहरुका अनुसार गत विहिबार राती सलमान हसन अल मार्थु कम्पनीका कपिलले मध्यरातमा कुटपिट गर्दै ज्यानमार्ने धम्की सहित लेखेटेर केहीलाई अज्ञातस्थलमा अलपत्र पारेपछि हारगुहार गर्दै शुक्रबार बिहान दम्माम सिको गार्डेनमा पुगेका उनीहरु नेपाली साझा मञ्चका राष्ट्रिय समन्वय समितिसंग को सम्पर्क पछि  मञ्चले तत्काल राजदुतावासका श्रम सहचारी अम्बिका अधिकारी, स्थानीय कर्मचारी हरि घिमेर, मेनपावरका प्रतिनिधि एमएस कापरी र साथी अभियानकी संयोजक झासंग समन्वय गरेर उनीहरुलाई खान, बस्न र परिवारलाई सकुशल रहेको सूचना प्रवाह गर्न सहयोग गरेको समाचारमा उल्लेख गरिएको छ ।