शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढ कार्यदल र राजपावीच आज विशेष छलफल हुँदै

मौजुदा सरकार विस्तारका लागि  मन्त्रालय वाँडफाँडमा सहमति

काठमाडौ श्रावण ४,  प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार सत्तारुढदलको प्रतिनिधी सहित गठन गरिएको कार्यदलले संविधान संसोधन र सरकार विस्तारका सवालमा आज राजपासँग छलफल गर्ने भएको छ । आजको छलफलमा मुलत मन्त्रिपरिषद morcha-1-1-896x510विस्तार संविधान संशोधन लागउतका विषयमा छलफल गर्दै नितिगत निकासको मार्गपहियाउँने र त्यसपछि शीर्ष तहको वार्ताले त्यसलाइ अनुमोदन गर्ने तयारी सरकारको रहेको थाहा भएको छ ।

कार्यदलमा काँग्रेसका नेताद्दय विमलेन्द्र निधि र रमेश लेखक त्यस्तैगरि माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र कृष्णबहादुर महरा सम्मिलित कार्यदलले आज बिहान ९ बजे राजपासँग छलफल गर्ने तयारी रहेको बुझिएको छ । यसैवीच प्रम देउवा नेतृत्वको मौजुदा सरकार विस्तारको सवालमा भने काँग्रेस र माओवादी केन्द्रवीच काँग्रेसलाय १३ मन्त्रालय रा नेकपा माओवादी केन्द्रका लागि ९ र फोरम लोकतान्त्रिकलाई तीनवटा मन्त्रालय दिने सहमति भएको छ ।