बिहिबार, बैशाख १३, २०८१

शर्माविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौ श्रावण ४,  आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर प्रत्यक्षीकरण रिटमाथिको सुनवाइ आज हुँने भएको छ । मंगवार न्यायाधीशद्धय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंहको संयुक्त इजलासले मंगलवार उक्त मुद्धामा जारी वहस नसकिएका कारण high Court_हेर्दाहेर्दैमा राखिएको थियो ।

शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत आषाढ २७ गते गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

कर फछ्र्यौट आयोगको सदस्य–सचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएकोलार्गयतका अभियोगमा अऋितयारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो।