शुक्रबार, बैशाख १४, २०८१

मिस ज्यापु ब्यूटि प्याजेन्ट हुने

काठमाडौं श्रावण १५, नासः मण्डलको आयोजनामा आगामी साल आश्विन ३ गते राजधानीमा तेस्रो मिस ज्यापु ब्युटि प्याजेन्ट २०१७ आयोजना गरिने भएको छ । DSC_0190_miss_jyapu_2017ज्यापु समुदाय भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्न आयोजना गरिएको यस कार्यक्रमा १७ वर्षदेखि २४ वर्ष उमेर समुहका, कम्तिमा एस.एल.सी. उत्तिण, ५ फिट अग्ला महिला ज्यापुले भाग लिन सकिने आज प्रतियोगिताको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा  प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुँने प्रतियोगीलाइ क्रमस नगद ५० हजार २५ हजार, र १५ हजार र त्यस्तै गरि मिस ट्यालेन्टलाई १० हजार पुरस्कार दिइने जानकारी सहित प्रथम विजेतालाइ १४ औं राष्ट्रिय ज्यापु दिवसको एम्बेष्डरको उपाधी र निःशुल्क एअर होस्टेज तालिम समेत दिइने बताईएको छ ।    साथै प्रतियोगितामा विभिन्न विधाका विजयीलाई जनही ५००० का दरले पुरस्कार प्रदान गरिने यस प्रतियोगिताको फाराम बुझाउने अन्तिम मिति २०७४ भाद्र २ गतेसम्म रहेको छ भने ३ गतेदेखि अडिसनको कार्यक्रम हुने समेत जानकारी दिइएको छ ।