बिहिबार, बैशाख १३, २०८१

नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको भोटिङ खुल्ला

काठमाडौ श्रावण १६, नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ IMG_8910को भोटिङ खुल्ला गरिएको छ । प्रस्तुत भोटिङबाट आफुलाइ मन परेको प्रतियोगीलाइ भोट गरि प्रतियोगीहरुको हौसला बढाउन सकिने आयोजक सस्थाले जनाएको छ । आयोजक संस्थाका अनुसार यस सौन्दर्य प्रतियोगितामा छनौट भएका मध्येबाट भविष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न ���्रतिष्प्रर्धामा प्रतिनिधित्व गरायने मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन ।

त्यस्ते सौन्दर्य प्रतियोगितामा प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धिको प्रशिक्षणको अलावा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने प्रस्तुत प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको अलावा चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउनेछ बताईएको छ ।