शुक्रबार, बैशाख १४, २०८१

महासंघद्दारा क्लिन फिड नीति तत्काल लागु गर्न माग

काठमाडौं आषाढ २७, नेपाल पत्रकार महासङ्घले विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति तत्काल लागू गर्न माग गरेको छ । महासंघका सचिव Press release 27 asarधुव्र लम्सालद्दारा आज जारी विज्ञप्तिमा महासंघ लगायत नेपाली मिडिया जगतले उक्त घोषणा कार्यान्वयन तत्काल प्रारम्भ गरी आगामी श्रावण १ गते देखि पूर्णरूपमा कार्यान्वय गर्नु पर्ने बताइरहेको अवस्थामा नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घले गम्भीर चासो र सरोकार प्रकट गरेको छ ।

क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– “थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लिन फिड स्वरुपमै प्रसारण भइरहेको परिपेक्ष्यमा विदेशी टीभी च्यानलको नेपालमा प्रसारण हुँदा क्लिन फिड नीति लागू गर्न हिच्किचाउनुपर्ने अवस्था नभएको जनाएको छ ।