शुक्रबार, बैशाख १४, २०८१

निर्धारित मितिमानै महाधिवेशन सम्पन्न हुन्छ:महासंघ

काठमाडौं श्रावण ९, नेपाल पत्रकार महासंघको आसन्न २५औं महाधिवेशन आगामी भाद्र ४ र ५ गते काठमाडौंमा हुनेगरी सम्पूर्ण तयारी द्रुतरूपमा भैरहेको अवस्थामा महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको अवस्थामा प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवशन सार्ने कार्य गर्न fnj logoलागेको आशय सहितको भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्य प्रकट गरेको छ ।

महासंघका महासचिवद्दारा जारी विज्ञप्तिमा महासंघ निर्धारित मितिमा भव्यताका साथ महाधिवेशन सम्पन्न गर्न प्रतिवद्ध रहेको जनाउ सहित यसवीचमा महाधिवेशन टार्ने वा भाड्ने षड्यन्त्रपूर्वक गरिएको यस्ता गलत प्रचारको भ्रममा नपर्न सम्वद्ध सबैमा आग्रह गर्दै महासंघले विधिवतरूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न सम्बन्धित पक्षलाई गम्भीरतापूर्वक आग्रह गरेको छ । साथै महासंघको महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न सहयोगका लागि महासंघ सम्पूर्ण पत्रकार मित्रहरू संघसंस्था र सम्वद्ध सबैमा अपिलसमेत समेत गरेको छ ।