बिहिबार, बैशाख १३, २०८१

महासंघ नेतृत्वलाइ युनियनको चेतावनी

काठमाडौं श्रावण ९,  नेपाल पत्रकार महासंघको आसन्न् २५ औ महाधिवेशनको सम्मुखमा आइपुग्दा समेत महासंघ नेतृत्वले महाधिवेशन केन्द्रीत हुँनुको अलावा अझै पनि महासंघ कब्जाको मानसिकताबाट ग्रसित हुँदै यावत क्रियाकलाप सञ्चालन गर्दै आएकोमा नेपाल प्रेस युनियनले आपत्ती जनाएको प्रकट गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी प्रेस विज्ञप्तिमा महासंघ नेतृत्वले महासंघ कब्जाको मानसिकताबाट अझै पनि शाखा खोल्ने, नयाँ press-realese-2074-4-9सदस्यता थप्ने, पार्षद बढाउने काममा लागेको भन्दै युनियलले यस्तो आपत्ती प्रकट गरेको हो ।

विज्ञप्तिम उल्लेख भएअनुरुप महासंघ नेतृत्वले अहिले सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै पार्षद बढाउने कार्य गर्नु भनेको ‘विवाद निम्त्याएर महासंघ नेतृत्वले आफ्नो कार्यकाल बढाउने प्रपञ्च’ मात्र भएको युनियनको निष्कर्ष रहेको उल्लेख गरिएको छ ।

त्यस्ते विज्ञप्तिमा बैशाख २० गतेनै भइसक्नु पर्ने महाधिवेशन यो वा त्यो वहानामा पटकपटक सार्दै आगामी भाद्र ४ र ५ मा गर्ने भनिएको महाधिवेशन विवादको नाममा नेतृत्वले फेरि पनि सार्नेगरि प्रपञ्चको हामी भण्डाफोर सहित तोकिएको मितिमा महाधिवेशन गर्ने वातावरण निर्माणको लागि महासंघ नेतृत्वलाई सचेततापूर्वक ध्यानाकर्षण गराउँदै युनियनले महासंघ यस्तै षडयन्त्रमा लागिरहने हो भने कडा प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।