शुक्रबार, चैत्र १६, २०८०

ब्लाकमेलिङ प्रकरणमा स्वतन्त्र छानवीन गर्न युनियनको माग

काठमाडौ श्रावण १०, पत्रकार महासंघका केन्द्रीय सदस्य एवम इमेज टेलिभिजनका पत्रकार सुरज आचार्यले एक व्यवसायीसँग समाचारको विषयलाई लिएर गरेको मोलमोलाइ अर्थात ‘ब्लाकमेलिङ’ प्रकरणको स्वतन्त्र छानवीन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ।  आचार्यले चावहिलको गणेश अटो वर्कसपका सञ्चालक गुनबहादुर थापा भन्ने दीपक सँग समाचारको विषयलाई लिएर मोलमोलाइ गरिरहेको भिडियो गत आषाढ  २८ गते एउटा अनलाइन dcnepal.comले press-realese-2074-4-10सार्वजनिक गरेको थियो। आचार्यले भिडियोमा आफू कार्यरत समाचार संस्थाका सम्पादकलाई मिलाउनु पर्ने भन्दै मोलमोलाइ गरेको देखिएको थियो। आचार्य कार्यरत इमेज च्यानलका सम्पादक  महासंघका केन्द्रीय सभापति समेत रहेका  महेन्द्र विष्ट हुन्।  ‘महासंघकै एक केन्द्रिय सदस्यले सभापति समेत रहेका सम्पादकलाई संलग्न गराएको यो घटनाबारे महासंघ केन्द्रीय समितिले स्वतन्त्र छानविनका लागि मार्ग प्रशस्त गरी पत्रकारितामाथि उब्जिएको सवाल निरुपण गर्छ भन्ने अपेक्षा गरिए पनि यसलाई ढाकछोप गर्ने काम मात्र हुनु आश्चर्यको विषय हो’, युनियन महासचिव अजयबाबु शिवाकोटीद्वारा विज्ञप्तिमा भनिएको छ।

महासंघले घटनालाई गम्भीरतापूर्वक नलिएको एवं महासचिवको नेतृत्वमा छानवीन समिति बनाइए पनि राजनीतिक प्रेरित रहेकाले स्वतन्त्र छानवीन गरिनुपर्ने युनियनले माग गरेको छ।  त्यस्तै  घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै युनियनले घटना सार्वजनिक हुनु, घटनामा संलग्न महासंघ केन्द्रीय सदस्यले स्वनिलम्वन गर्नु तर उनले मुछेका महासंघका सभापति तथा सम्वन्धित सञ्चारगृहका सम्पादक अझै पनि पानीमाथिको ओभानो रहन खोज्नु आश्चर्यजनक भएको बताएको छ। ‘यो घटनाको स्वतन्त्र छानविनको लागि पत्रकार महासंघका सबै सदस्यहरु, सरोकारवालाहरुले दवाब दिन आवश्यक छ। नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संगठनका साथै गरिमापूर्ण नागरिक संस्थाको रुपमा कायम राख्न फेरि एकपटक सचेत हस्तक्षेपका लागि नेपाल प्रेस युनियन सबै सरोकारवाला समक्ष आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ।