शुक्रबार, बैशाख १४, २०८१

जनताले अब विद्यु कटौती समस्याको सामना गर्नुनपर्ने ऊर्जामन्त्री शाहीको प्रष्टोक्ति

20170727035621_urja mantri sahiकाठमाडौ श्रावण १२,  काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका  नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको गरेको बधाई तथा शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्दै जनताले अब विद्यु कटौतीको समस्या सामना गर्नुनपर्ने बताउनुभएको छ ।

त्यस्तै सम्बोधनकाृ क्रममा मन्त्री शाहीले ट्रान्समिसन लाइन मर्मतलगायत अन्य मर्मतको काम गर्दा केही समय विद्युत्भार कटौती भए पनि अन्य समयमा नागरिकले नियमित विद्युत् प्रयोग गर्न सक्ने जिकिर गर्दै विद्युत् व्यवस्थापन गर्नका लागि कम शक्ति भएको बल्ब र फ्यानको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएकोे छ ।  त्यस्तैउहाँले  बूढीगण्डकी परियोजना निर्माण कम्पनीलाई समयमा नै काम सक्न निर्देशन दिँदै यदि तोकिएको समयसिमा काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिनुभएको छ ।