मङ्लबार, बैशाख ४, २०८१

माननीय जोशीको पहलमा काष्ठमण्डप पुर्ननिर्माणका लागि सरोकारवाला संग छलफल

काठमाडौं श्रावण १२,  २०७२ वैशाख १२ को महाभूकम्पका कारण भग्नावशेषमा परिणत भएको राजधानीको बसन्तपुर दरवार पसिरमा रहेका एतिहासिक काष्ठमण्डप एवम् दरवार क्षेत्रका अन्य मौलिक मथ–मन्दिरको पूर्ण निर्माणमा भइरहेका ढिलाइलाइ दृष्टिगत गर्दै पूर्व उद्योग मन्त्री, एवम् काठमाडौं क्षेत्र नं. ८ का nepal_news1432366140-Kasthamandapमाननीय सासंद नविन्द्र राज जोशी सरोकारवाला संग छलफल सुरु गर्नु भएको छ ।

छलफलको क्रममा माननीय सासंद जोशीले पूरातत्व विभागका महानिर्देशक काठमाडौं महानगरपालिकाको प्रमुख, उप–प्रमुख,तथा सम्पदा विज्ञ, त्यस्तैगरि महानगरपालिका वडा नं. १९,२०,२३,२४ का वडा अध्यक्षहरु तथा भूकम्प पूर्ण निमार्ण प्राधिकारणका प्रतिनिधिसंग सामुहिक छलफल गर्दै दरवार क्षेत्रमा रहेका पुरातात्विक महत्वका ति सम्पूर्ण मठमन्दिरको तत्काल पुर्ननिर्माणका लागि यसअघि डा. सुदर्सन् राज तिवारीको प्राविधिक टोलिबाट ड्रई· डिजाईन गरिएको काष्ठमण्डप र माजूदेवलको नक्सा महानगरपालिका भूकम्प पून निर्माण प्राधिकरण र पूरातत्व विभागले अध्ययन गर्ने साथै पूरातत्व विभागको नेतृत्वमा स्थानियलाई सहभागि गरार्ई यसको पून निमार्ण कार्य सुरु गर्ने सवालमा ६ बुँदे नितिगत निर्णय गरेको माननीय जोशीका  सहयोगी पुष्कर  पाण्डे जानकारी दिनु भएको छ ।