शनिबार, बैशाख १५, २०८१

आमाले दिएको फुलि हराएपछि यसो भनिन अनिताले

Captureकाठमाडौं श्रावण १६ , नेपाली नारहिरुको महत्वपूर्ण तिज पर्व नजिकिदै जादा नेपाल पत्रकार महासंघ उपाध्यक्ष अनिता विन्दुलाई आमाले दिएको फुलि हराएपछि पर्नु चिन्ता परेको छ ।

आमाले दिएको पानपाते फूली
आँधीखोलामा पौडिदा खस्यो बरिलै…
मैलियो चोली बाबाले दिएको
आँधीखोलामा बसेर धुन्छु बरिलै..

त्यतिमात्र नभएर  गरगहना विना अधुरो देखिने नारी लाई झन नाकको पुलि त्यो पनि माइतिआमाले दिएको हराएपछि उनी तिजमा फुली हरायो भन्दै गीत मार्फत आफनो विलौना पोखेकि छिन । हरेक वर्ष तिजको अवसरपारेर नया नयाँ साङगेतिक कोशेली सांगेतिक भेट गदै आएकि अनिता विन्दुले आफनै स्वरमा सजीएको लोकनाथ सापकोटाको शब्द तथा लयमा साई भिजन प्रालिले बजारमा ल्याएको प्रस्तुत एल्वममा नेपाली मौलिकता बोकेको तिजमा देशभरका नारीहरुलाई समझना स्वरुप प्रेम स्वरुपबजारमा ल्याएकी छिन । उनले सो एल्बम युट्यूब मार्फत सावजनिक गरेकी हुन ।