शुक्रबार, बैशाख १४, २०८१

आज गुरु पूर्णिमा पर्व मनाइँदैछ

काठमाडौ आषाढ २५,   आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आजका दिन शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।  त्यस्तै गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति imagesश्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

मानवीय जिवनमा माता पितापछि अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । आचार्यदेवो भव को मान्यताबाट अभिप्रेरित हुँदै यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ,