शुक्रबार, चैत्र १६, २०८०

अन्तत आयोगमा राजपाद्दारा दल दर्ताको आवेदन दर्ता

काठमाडौं आषाढ २३, तमलोपा, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मजफो  एकीकृत संगठन राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि आज निवेदन दर्ता गराएको छ ।  दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष morcha-1-1-896x510मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न आयोगमा पुग्नुभएको हो ।

मुलुकमा जारी संविधानप्रति फरक विचार सहित आन्दोलित हुँदै आएको राजपाको दल दर्ता संगै अव आश्विन २ गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत प्रदेश न २ मा सहभागी हुने लक्षण देखिएको छ । यसअघिको पहिलो चरण र दोस्रो चरणको निर्वाचन राजपाले वहिष्कार गरेका थिए ।

तर दल दर्ता पछि सञ्चारकर्मीसंग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले हामीले उठाएका माग सम्बोधन नभएसम्म यथास्थितिको कुनैपनि निर्वाचनमा भाग नलिने जनाउ सहित  उहाँले भने संविधानमा हाम्रो स्थान नै छैन भने किन निर्वाचनमा जाने भन्दै प्रतिप्रश्न गरेका छन ।  त्यस्तै अर्का राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दल दर्ता निर्वाचनसँग सरोकार नराख्ने प्रतिक्रिया दिदै भन्नुभयो, “छ वटा पार्टी एकीकृत भएकाले दल दर्ता स्वभाविक प्रक्रिया भएको बताए ।