शनिबार, बैशाख १५, २०८१

राष्ट्रपति भण्डारीको स्विट्जरल्यान्ड भ्रमण स्वीकृत, राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

काठमाडौ ज्येष्ठ २८,  आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जानु हुने भएकाले उक्त भ्रमण स्वीकृत गर्नुको अलावा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आगामी आषाढ १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन pm-office-11012017102857-600x0राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लाग्नुभएको हो ।  त्यस्तै बैठकले जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई रु २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।