शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ विशिष्ट व्यक्तिवहरुको पदिय वरियताक्रम

काठमाडौ आषाढ  ७,   गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ पदिय मर्यादाक्रम सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख Microsoft Word - ___________ Microsoft Word - 456रहने व्यवस्था गरिएको छ।

यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै मन्त्री,व्यवस्थापिका संसदको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसदका उपसभामुख र पूर्वसभामुख सातौ स्थानमा रहने छन्भ ने आठौं नम्बरमा राज्यमन्त्री र संविधान सभा तथा व्यवस्थापिका संसद्का विभिन्न समितिका सभापतिहरु रहन्छन् भने योजना आयोगका उपाध्यक्ष र प्रज्ञा प्रतिष्ठानका कूलपति नबौं नम्वरमा रहने गृह मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, दशौं नम्बरमा सर्वोच्च अदालतका न्यायाधीस र न्याय परिषद्का सदस्य तथा ११ औं र १२ औं नम्बरमा क्रमशः सहायक मन्त्री र संसद्का सदस्यहरु रहने व्यवस्था गरिएको छ । मर्यादा क्रमको सूचीमा महानगरपालिका मेयर १८ औं स्थानमा रहेने व्यवस्था सहित मन्त्रालयद्दारा सार्वजनिक वरिताक्रमको १३ औ स्थान देखि २८ औ स्थान सम्म निम्नानुसारको मर्यादाक्रम कायम गरिएको छ ।