शनिबार, बैशाख १५, २०८१

आज विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइदै

काठमाडौ आषाढ ७, आज विश्व योग दिवस । नेपालमा पनि ‘विश्व योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदै छ । यसक्रममा नेपाल योग एसोसिएसन home2र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा  विहान ५ बजेदेखि ७ बजेसम्म राजधानीकाभृकुटीमण्डपमा योगाभ्यास गरेर यो दिवस मनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको योग दिवसमा भाग लिन समाजका विभिन्न क्षेत्रका सयौं मानिस भृकुटीमण्डप पुगेका थिए । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।