शनिबार, बैशाख ८, २०८१

कामपाले ज्येष्ठ नागरिकलाई १२ हजार भत्ता र वडा समितिलाइ २५ लाख दिने

काठमाडौ आषाढ ६,  काठमाडौँ महानगर कार्यपालिकाको आज सम्पन्न बैठकले ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भत्ता रकममा वृद्धि गरी रु kmc१२ हजार दिने निर्णय गरेको छ । यसअघि महानगरले वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएको थियो ।  त्यस्तै महानगरको प्रस्तुत निर्णय संगै अव राजज्यको तर्फबाट पाउँदै आएको भत्ता सहित उनिहरुले वार्षिक २४ हजार भत्ता समेत गरि वार्षिक ३६ हजार रुयैयाँ  भत्ता पाउने भएका छन ।

त्यस्तै बैठकले प्रत्येक वडा समितिलाइ आगामी वर्ष देखि वडा विकासका लागि रु २५ लाख बजेट दिने भएको छ ।  बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै महानगर प्रमसख , विद्यासुन्दर शाक्यले आजको बैठकले मुलत ज्येष्ठ नागरिकभत्ता वृद्धि र महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय सहित महानगरभित्र रहेका पुरातात्विक सम्पदाको पुनःनिर्माणको कार्य गर्दा लाई प्राथामिकता दिने जानकारी दिनु भएको छ ।