शनिबार, बैशाख १५, २०८१

कामपाले दियो साझालाई थप पाँच करोड

काठमाडौ आषाढ १३,  काठमाडौ महानगरपालिकाले उपत्यकाको अव्यवस्थित र अस्तव्यस्त सहरी यातायातलाई व्यवस्थित बनाउन तथा हालै चौडा भएका bidya-1सडकलाई वातावरण मैत्री बनाउन ठूला सहरी बस सेवा सञ्चालन गर्नकालागि स्मार्ट सिटी अभियान अन्तर्गत साझा यातायात सहकारी संस्था लिमिटेडलाई रु पाँच करोड उपलब्ध गराएको छ । यसअघि कामपाले साझालाइ रु १० करोड उपल्बध गराइसकेको छ ।

 महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच साझाका अध्यक्ष कनकमणि दीक्षितलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गर्दै गरेको सम्झौता अनुरुप साझालाई नाफामूखी भन्दा पनि सेवामूखी संस्थाका रुपमा विकास गर्दै सार्वजनिक यातायातका क्षेत्रमा नयाँ आयाम सहित महानगरलाई समृद्ध महानगरमा रुपान्तरण गर्ने योजना महानगरले बनाएको उल्लेख गरिएको छ ।

त्यस्तै महानगरले आज उपलब्ध गराईएको उक्त रकमबाट साझाले १२ बटा नयाँ डिलक्स बस सञ्चालनमा ल्याउनुको अलावा साझाले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकाललाइ निःशुल्क र रात्रीकालिन सेवा समेत प्रवाह गर्ने भएको छ ।  त्यस्तै सम्झौता कार्यक्रमलाइ सम्बोधन गर्दै कामपाका मेयर शाक्यले महानगरमा केबुलकार, मोनोरेल, मेट्रोरेल निर्माणका लागि थुप्रै प्रस्तावहरु आएको जानकारी दिदै आफुले नाफामुखी नभइ सेवामूखी प्रस्तावलाई स्वीकार गर्ने जनाउ सहित अन्य निजी संस्थाहरुले पनि सहज र सर्वसुलभ सेवा दिन तयार भए महानगर सहयोग गर्न तयार रहेको बताए । सम्बोधनकै क्रममा उहाँले भने साझाबाट सुरु गरेको स्माटकार्ड अब यो सबै ठाउँमा लागु हुने बताए  ।