मङ्लबार, बैशाख ११, २०८१

चुस्त सुरक्षा व्यवस्था सहित निर्वाचनको सम्पूर्ण तयारी पूरा,ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

परिचयपत्र नहुनेहरुले परिचय खुल्ने व्यहोराको सरकारी निकायबाट जारी गरिएको नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्र वा अरु कागजात देखाएर मतदान गर्न सकिने

काठमाडौ आषाढ १३,  निर्वाचन आयोगले बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले आज निर्वाचनको PressRelease20740313तयारी लगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले दोस्रो चरणअन्र्तगत् बुधबार निर्वाचन हुने १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिदै सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरेको छ ।

त्यस्तै मतदानका लागि फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य भएपनि मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले परिचयपत्र नहुनेहरुले परिचय खुल्ने व्यहोराको सरकारी निकायबाट जारी गरिएको नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्र वा अरु कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाउनुको अलावा अपांगता भएका, गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, अशक्त वा बिरामीलाई मतदानकार्यमा प्राथमिकता दिइ उचित व्यवस्थापन मिलाउन निर्देशन दिइएको पनि आयोगले जनाएको छ ।