बिहिबार, बैशाख २७, २०८१

गृहमन्त्री शर्माद्दारा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक

काठमाडौ आषाढ १३ , गृहमन्त्री जनार्दन शर्माले आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत गृह प्रशासन सुधार मार्गचित्र २०७४ आज सार्वजनिक गर्नुभएको छ । ‘जवाफदेही गृह प्रशासन  शान्ति सुरक्षा र सुशासन’ भन्ने शीर्षक सहितको ८४ बुँदे सुधार कार्ययोजना आज सार्वजनिक गर्दै गृहमन्त्री शर्माले कार्ययोजनामा संवैधानिक व्यवस्था बमोजिमको “संघीय संरचनात्मक स्वरुप” निर्माणका लागि समग्र गृह प्रशासनको पुर्नसंरचना ५ महिना भित्र गरिने बताउँनु भएको 1377_0b9e6709cba50727810feb0339e8d050_1498558694_hछ ।

शान्ति सुरक्षा र सुशान’ शिर्षक भएको सुधार कार्ययोजनामा आधारभुत रुपान्तरण, नागरिकलाई सुरक्षा प्रत्याभूति र सुशासन अभिवृद्धि, आन्तरिक सुरक्षा क्षेत्र सुधार कार्यक्रम, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवामा सुधार, विपद व्यवस्थापनमा क्षमता अभिवृद्धि र शिघ्र परिचालन, अध्यागमनको आधुनिकिकरण, कारागार सुधार, नागरिकलाई राष्ट्रिय परिचय पत्र, लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन र अनुगमनको व्यवस्था जस्ता विषयमा सुधार सम्बन्धि कुराहरु उल्लेख गरिएका छन ।

त्यस्तै नेपालको संविधान कार्यान्वयन गर्नका लागि गृह प्रशासनसंग सम्बन्धित संघीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल विशेष सेवा ऐन, स्थानीय प्रशासन ऐन, नागरिकता ऐन, विपद व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन, निर्वाचनसंग सम्बन्धित ऐन लगायतका आवश्यक कानूनहरु आगामी ४ महिना भित्र तर्जुमा गरी पारित गराइने बताइएको छ ।

यस्तो छ गृहमन्त्री शर्मा द्दारा प्रस्तुत जवाफदेही गृह प्रशासन शान्ति सुरक्षा र सुशासन’ शीर्षकको पूर्णपाठ