शुक्रबार, बैशाख ७, २०८१

प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय निर्वाचन हुँदै

१५ हजार ३८ प्रतिनिधि निर्वाचित गरिने

काठमाडौं आषाढ १४,  आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्र्तगत प्रदेश नं १, ५ र ७ मा हुँदैछ । यस निर्वाचनका लागि ६२ हजार ४०८  उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने ४१ जना निर्विरोध  निर्वाचित भइसकेका छन् । त्यस्तै बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने निर्वाचनका लागि ८ हजार ३सय ६४ news-government-to-support-nri-voting-through-e-ballot-1-89795-89795-voteमतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

त्यस्तै प्रस्तुत निर्वाचन मार्फत ६४ लाख ३२ हजार ७सय ६५ मतदाताले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरि १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्ने भएको छ ।

  त्यस्तै मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् । निर्वाचन आयोगले सम्पूर्ण तयारी र सुरक्षाको प्रबन्ध गरिएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ मा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा आगामी असोज २ गतेका लागि तोकिएको छ ।