आइतवार, बैशाख १६, २०८१

काँग्रेस सभापति देउवाद्दारा प्रमको लागि मनोनयन दर्ता

काठमाडौ ज्येष्ठ २०,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी आज मुलुकको ४० औं प्रधानमन्त्रीका लागि आफ्नो मनोनयन दर्ता गर्नुभएको छ । deubaसभापति देउवाले प्रधानमन्त्री बनाउनका लागि प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड पार्टीका कुमार खड्काको समर्थनमा व्यवस्थापिका–संसद्, सचिवालयमा आफ्नो उम्मे्दावरी दर्ता गराउँनु भएको हो ।  संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि ज्येष्ठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यतालिका यसअघिनै प्रकाशित गरिसकेको छ ।