बिहिबार, चैत्र १५, २०८०

भरतपुर महानगर वडा नं १९ को सम्पूर्ण मत अवैध घोषित, पुनः मतदान हुँने

काठमाडौ ज्येष्ठ २० , निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नंः १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको पदाधिकारीको बैठकले आज भरतपुर वडानम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत 18813210_10209735616050836_3567515125221824567_nअवैध घोषित गरी   भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्णय गरेको  गरेको हो ।

 त्यस्तै  आयोगद्दारा जारी विज्ञप्तिमा विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी “पुनः मतदान गर्नेका लागि  आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय समेत गरेको गरेको छ ।