शुक्रबार, बैशाख १४, २०८१

एसइइको नतिजा आषाढको पहिलो हप्ताभित्र

भक्तपुर ज्येष्ठ २६ ,  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा अर्थात रुपान्तरित एलएलसी परिक्षा एसइइको नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।

आषाढको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको जनाउँदै पनिकाले कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम भइरहेको जनाउ दिएको छ ।  प्रस्तुत परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी रहेको पनिकाले जनाएको छ।