शुक्रबार, बैशाख १४, २०८१

न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो

बिर्तामोड बैशाख १८,  झापाका सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुले अझैंपनि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक आफूहरुले नपाएको गुनासो गरेका छन् ।  १२८ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मिडिया कर्मचारी युनियन र नेपाल व्यापार कर्मचारी संघ झापाले बिर्तामोडमा आयोजना गरेको ‘श्रमिकको न्यूनतम ज्यालाको अधिकार र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक झापाका कुनैपनि सञ्चार माध्ययमले पत्रकारहरुलाई दिन नसकेकोके र आपसी समझदारीमा उनीहरुले काम गर्ने गरेको उनस्हरुको भनाई छ ।18198190_1271914106259736_7323272671012614752_n
नेपाल व्यापार कर्मचारी संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले मोफसलमा रहेका सञ्चार गृहले पत्रकारलाई सञ्चार गृहकै अबस्था दर्बिलो नभएका कारण न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय केही सञ्चारमाध्ययमले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन खोजेपनि मिडिया हाउसको अबस्था कमजोर भएका कारण समझदारीमा वाहेक सरकारले तोकेको न्यूनतम पारिश्रमिकको रकम उपलब्ध गराउन नसकेको बताउनुभयो । अध्यक्ष सापकोटाले संञ्चारगृहको अवस्थाको विषयमा जानकारी लिँदै पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो ।

त्यस्तै पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले मोफोसलमा रहेका सञ्चार माध्ययमले कुनैपनि पत्रकारलाई न्यूनतम तलब समेत उपलब्ध गराउन नसकेको बताउनुभयो । नेपाल प्रेस युनियन झापाका अध्यक्ष समेत रहनुभएका हुँमागाईले आपसी समझदारीमा सञ्चारगृहमा कार्यरत पत्रकारले काम गर्ने गरेको र नियमित तलब समेत पाउने नगरेको बताउनुभयो । श्रमजीवी पत्रकारका विषयमा सरकारले उनीहरुलाई न्यूनतम ज्याला दिनुपर्छ भनेपनि सञ्चार माध्ययमको अवस्था फस्टाउन नसकेका कारण सो को कार्यान्वयन हुन नसकेको बताउनुभयो ।vकार्यक्रममा प्राध्यापक तथा साझा मञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पत्रकारले नपाएका कारण यहाँका धेरै सञ्चारकर्मीले पोशाबाट पलायन हुनु परेको धारणा राख्नुभयो । उहाँले पत्रकारको हक हितका विषयमा पटक – पटक आबाज उठेपनि त्यो विषयले खासै महत्व नपाएका कारण अरुको खवरदारी गर्ने पत्रकार नै आफ्नै पीडाको चक्रभ्यूमा रुमल्लिनु परेको छ भन्नुभयो ।

त्यस्तै प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले श्रमजीवी पत्रकारका विषयमा वर्षमा एक दिन मात्र कुरा हुने गरेको र वाँकी दिन पत्रकारको हक हितका विषयमा कुरा नहँदा मोफोसलमा मात्र नभई केन्द्रमा कार्यरत पत्रकारको समयस्या पनि उस्तै छ भन्नुभयो । उहाँले पत्रकारले न्यूनतम ज्याला समेत नपाएका करण आफ्नो न्यूनतम आवश्यकता पूरा गर्न एक सञ्चार गृहबाट अर्काे सञ्चार गृहमा काम गर्नु पर्ने बाध्यता रहेको छ भन्नुभयो ।  कार्यक्रममा बोल्दै रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोलले पत्रकार र मिडिया हाउसको आपसी समझदारीमा पत्रकारलाई पारिश्रमिक दिइने गरेको र त्यो पारिश्रमिकले मात्र उनीहरुको दैनिकी नचल्ने भएकाले यहाँका धेरै सञ्चारकर्मीले अन्य पेशा व्यवसाय अंगाल्नु परेको बताउनुभयो ।  कार्यक्रममा पत्रकार रेजिना रोदन, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, युनिकम नेपालका पूर्वाञ्चल कोअडिनेटर सचिन ढकाल लगायतले बोल्नुभएको थियो । मिडिया कर्मचारी युनियन झापाका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।