शनिबार, बैशाख ८, २०८१

काठमाडौं पत्रकार महासंघमा तालावन्दी, केन्द्रीय प्रतिनिधी छनोटप्रति पत्रकारको तिव्र विमति, शाखाअधिवेशनका सम्पूर्ण प्रक्रिया खारेजीको माग

 काठमाडौं वैशाख १७,  राजधानीको भृकुटी मण्डपस्थित पत्रकार महासंघको शाखा कार्यालयमा फेरि तालावन्दी भएको छ । 18199538_1421862784503182_2084709609583864858_nशाखाका पूर्व सभापति समेत रहेका वरिष्ठ पत्रकार हरि लम्सालको नेतृत्वमा ताला लगाइएको हो ।  महासंघको तर्फबाट आसन्न २५ औ केन्द्रीय महाधिवेशनका लागि गरिएको केन्द्रीय प्रतिनिधी छनोटको क्रममा चरमरुपमा अनियमिता भएको भन्दै विभिन्न ६ संगठनले बाध्य भएर तालावन्दी गर्नु परेको जनाएको छ ।

प्रेस युनियन काठमाडौंका अध्यक्ष नकुल अर्याल, प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्मा, प्रेस सोसाईटी उपत्यका संयोजक केदार भट्टराई, क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं संचिव विधुर ढकाल,प्रगतिशिल पत्रकार संघ काठमाडौं अध्यक्ष प्रकाश थापा, नेपाल पत्रकार मंच केन्द्रीय समिति कोषध्यक्ष प्रितम सागर कर्माचायद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार महासंघको विधानविपरित केन्द्रीय नेतृत्वको राजनीति पूर्वाग्रह, षड्यन्त्रको बलमा अधिवेशन गरि पार्षद चयन गरिएकाले तालावन्दी गर्नु परेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा काठमाडौ शाखामा विधान विपरित १० जना सदस्यको हस्ताक्षर जुटाएर केन्द्रीय पार्षद हुने व्यवस्था मिलाइनु यसअघिनै गलत भएको ठहर गर्दै विधानविपरित व्यवसायीक पत्रकारको मानमर्यादा मिच्ने खालको हर्कत २४ घण्टा भित्र नसच्चिए महासंघको केन्द्रीय समितिविरुद्ध आन्दोलनमा जाने चेतावनी सहित काठमाडौं शाखाको अधिवेशनका सम्पूर्ण प्रक्रिया खारेज गरी स्वतन्त्र र निष्पक्ष रुपमा काम अघि बढाउन भनिएको छ । त्यस्तै आजै यहि समुहले जिल्ला प्रशासन कार्यलयमा पुगी एक पत्र बुझाउँदै छानबिनको माग समेत गरेको छ ।