शनिबार, बैशाख १५, २०८१

लैङ्गिकउत्तरदायी पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीद्दय नेपाल र थापा पुरस्कृत

काठमाडौं बैशाख १३,  मिडिया एडभोकेसी ग्रुप म्यागले यस बर्षको लैङ्गिकउत्तरदायी पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मीद्दय जनक नेपाल र कविता थापालाइ Prabin-Shrestha-7587 Prabin-Shrestha-7594 Prabin-Shrestha-7623 Prabin-Shrestha-7639 Prabin-Shrestha-7648 Prabin-Shrestha-7677प्रदान गरिएको छ ।  म्यागले युएन वीमेनको सहकार्यमा आज ललितपुरमा सञ्चार मन्त्री सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमकावीच लेखन विधामा नेपाललाइ ‘नेपाल साप्ताहिकमा छापिएको ‘आगो सहनेहरु’ लेखलाई र फोटो पत्रकारिता तर्फ गोरखापत्रकी कविता थापालाई जनही २५ हजार नगद र प्रमाणपत्र सहित सम्मानीत गरेको हो ।

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटा , पत्रकार महासघंका अध्यक्ष डा। महेन्द्र विष्ट , प्रेस काउन्सिलका निर्वतमान अध्यक्ष वोर्णवहादुर कार्की युएन वीमेनका सरु जोशी पुरस्कार छनौट समितिसदस्य पत्रकार प्रकाश रिमाल , पत्रकार महासघंका उपाध्यक्ष अनिता विन्दु र म्याग अध्यक्ष विविता बस्नेत लगायतले पत्रकार क्षमता अभिवृद्धी गराउन यस किसिमको पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने बताउँनु भएको थियो ।