बिहिबार, बैशाख २०, २०८१

पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार सहयोग

एक दिने फोटो तथा भिडियो सम्बन्धि तालिम

विर्तामोड बैशाख १, पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१  हजार रुपैया प्रदान गर्नु भएको छ । महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका   संयोजक एकराज गिरीलाई  शुक्रबार बिर्तामोडमा गिरी र भट्टराईले ५१ हजार रुपैया हस्तान्तरण गर्नु भएको हो । harka lal giri

पत्रकार सहारा उपचार कोषमा हाल १० लाख रुपैया जम्मा भएको कोषका संयोजक एकराज गिरीले जानकारी दिए । आगामी साउनबाट सञ्चालनमा आउने कोेषलाई ५० लाख हुदै क्रमश १ करोड बनाउने र कोषको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने महासंघले जनाएको छ ।
कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार महासंघले न्यूनतम् ३ हजार रुपैया शुल्क तिरेर कोषको सदस्य बन्न सबै पत्रकारलाई आह्वान गरेको छ । सहयोगी दातालाई पनि सहयोगको लागि आह्वान गरिएको छ ।

त्यस्तै नव वर्षको २०७४ सालको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाको आयोजनामा एक दिने फोटो तथा भिडियो सम्बन्धि तालिम शुव्रmवार सम्पन्न भएको छ । विर्तामाड स्थित होटल डेनियलमा अयोजित तालिममा झापामा व्रिmयाशील ४० बढि पत्रकारहरुको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा आयोजित तालिमको सहजीकरण अमेरिकी प्रोफेसर क्याली होपले गर्नु भएको थियो । तालिम उद्घाटनका अवसरमा बानका उपाध्यक्ष कुमार भट्टराई, समाजसेवी हर्कलाल गिरी लगायतले शुभकामना मन्तव्य अभिव्यक्त गर्नु भएको राख्नु भएको शाखा सचिव सन्तोष आचार्यललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31