शुक्रबार, बैशाख १४, २०८१

निर्वाचनका लागि १ करोड ४० लाख ५४ हजार मतदाताको नामावली स्वीकृत

काठमाडौ चैत्र २० , आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचनका लागि आयोग द्दारा विसं २०७३ downloadफागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई १ करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत गरेको आयोगले जनाएको छ ।

त्यस्तै स्वीकृत नामावलीमध्ये कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको जनाउँदै आयोगले मतदाताको सूची केहीदिन भित्रै आफ्नो वेवसाइटमा राख्ने जनाएको छ