शुक्रबार, चैत्र १६, २०८०

घुमाउने दुर्घटनामा तत्काल उद्धार गर्न उपप्रधानमन्त्री निधिको निर्देशन

काठमाडौ चैत्र २१,  उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा आज बिहान घुमाउने पहाडको ढिस्को खसेर Captureभएको दुर्घटनामा परि एकजनाको घटनास्थमै मृत्यु हुनुको अलावा दुईजना घाइते भएका थिए । त्यस्तै एउटा ट्याङ्कर, ट्रक, मिनी ट्रक र कारसमेत पुरिएको थियो ।

भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा आज जारी विज्ञप्तिमा घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका जनाइएको छ ।  घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएका माटो, ढुङ्गा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।