शुक्रबार, बैशाख १४, २०८१

दुई चरणमा हुने स्थानीय तहको निर्वाचनले किमार्थ राष्ट्रको हित गर्दैन : नेता यादव

काठमाडौ वैशाख १४ , मधेस वादीदलका नेता उपेन्द्र यादवले एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने जिकिर सहित दुई चरणमा हुने स्थानीय तहको Captureनिर्वाचनले किमार्थ राष्ट्रको हित नगर्ने बताउनुभएको छ ।

त्यस्तै रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले संविधान संशोधन गरेर एकै चरणमा निर्वाचनमा जानुको विकल्प समेत नभएको जनाउ दिदै संविधान संशोधन पारित भए आगामी निर्वाचनमा आफ्नो पाटीर्ले मधेसमा विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीसँग सहकार्य गर्दै चुनावमा भाग लिने सकेत समेत दिनु भएको छ ।

त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष यादवले आयोगमा दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न दिनुपर्ने बताउँदै नदिएको अवस्थामा आगामी निर्वाचनमा समझदारीका आधारमा नयाँ शक्तिलाई आफ्नो चुनाव चिह्न दिने सहमति भएको खुलासा गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।