बिहिबार, बैशाख २०, २०८१

जथाभावी बाटो काटे रु २०० जरिवाना

काठमाडौ वैशाख १५ , तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा Captureबढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान अन्र्तगत जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवाना गर्नेभएको छ ।

आगामी ज्येष्ठ १ गतेदेखि आरम्भ हुने प्रस्तुत अभियान अन्र्तगतको यस कार्यक्रमको जानकारी दिन आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले “जेब्राक्रसिङमा चालक र यात्रु दुवै सचेत भएमात्र दुर्घटनामा कमी आउँने विस्वास व्यक्त गर्दै जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालक दुवैलाई कारबाही गरिने बताउँनु भएको थियो भने काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कामपाको आव्हानमा गत वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरिनुका साथै हाल रातिको समयमा सडक पखाल्ने काम भइरहेको जानकारी दिनु भएको थियो ।