शुक्रबार, बैशाख १४, २०८१

मोर्चाआवद्ध सासदद्दारा संसद बैठक बहिष्कार

काठमाडौ चैत्र ६ , व्यवस्थापिका–संसद्को आज बसेको बैठकपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले वहिष्कार गरेका छन । मोर्चा आवद्ध sambidhan-sabha-bhawan1111सासदहरुले संविधान संशोधनको माग सम्बोधनको पक्षमा सरकारले कुनै सम्बोधन नगरेको भन्दै बैठक वहिष्कार गरेको हो ।

आजको बैठक सुरुभए लगत्तै मोर्चामा आबद्ध दलका सांसदहरू आआफ्ना स्थानबाट उठ्नुभएको थियो । सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेको जनाउ दिदै सरकारप्रति तिव्र आक्रोश पोख्नु भएको थियो । यादवको भनाइ समापन संगै मोर्चा आबद्ध दलका सांसदहरू सदनको आजको बैठकबाट बाहिरिनु भएको थियो ।