शनिबार, बैशाख ८, २०८१

पत्रकार कर्माचार्यलाइ पितृशोक

काठमाडौं चैत्र ७, नेपाल पत्रकार महासंघ काठमाडौंका केन्द्रीय पार्षद एवम् पत्रकार मञ्च नेपालका कोषाध्यक्ष प्रितमसागर कर्माचार्य तथा स्वयमसेवी रक्तदाता 17430732_1441366789254931_181098477_oसमाजका अध्यक्ष प्रेमसागर कर्माचार्यलाइ पितृशोक परेको छ । पत्रकार कर्माचार्यका पिता प्रेमपुर्ण कर्माचार्यको ८४ बर्षको उमेरमा आज विहान निधन भएको हो । मधुमेह र उच्च रक्तचापबाट पिडित कर्माचार्यले २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएकारण तत्कालीन प्रशासनको वक्रदृष्टिका कारण जेल सजाय समेत भोग्नु भएको थियो ।

त्यसपछिका समयमा समाजसेवाको क्षेत्रमा सक्रिय कर्माचार्य ल्याम्ह पुचका संस्थापक त्यस्तैगरि नास खलका र पासा पुचका अध्यक्ष र रक्तसञ्चार सेलका सचिव भइ काम गर्दै आउँनु भएको थियो । त्यस्तै नेपाल भाषाको विकास र संरक्षणका लागि समेत क्रियाशील स्वर्गीय कर्माचार्यका श्रीमती दुइ छोरा र एक छोरी रहेका छन ।

पारिवारिक स्रोतका अनुसार आजै उहाँको जातीय संस्कार  अनुरुप पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

यसैवीच  समाजवेवी  एवम्  प्रजातान्त्रिक योद्धा  कर्माचार्यका  निधन  भएको   यस दुःखद घडिमा   स्वर्गीय   कर्माचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  शोकसन्तप्त   अनन्य पत्रकार मित्र  प्रितमसागर कर्माचार्य तथा   स्वयमसेवी रक्तदाता समाजका  अध्यक्ष प्रेमसागर कर्माचार्य  सहित सम्पूर्ण   कर्माचार्य   परिवारप्रति   समवेदना व्यक्त  गर्दै   www.kantipurhotline.com को तर्फबाट  स्वर्गीय आत्माका चिरशान्तिको कामना  एवम्  सपरिवारलाई ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना  गर्दर्छौ