बिहिबार, बैशाख ६, २०८१

जिवित कुमारीको बृहत् पूजा सम्पन्न

काठमाडौं  चैत्र ६,  ह्युमत मिसा पुचः काठमाडौंको आयोजनामा सुरु गरिएको जिवितदेवी कुमारीको बृहत् पूजा कार्यक्रमअन्तर्गत शनिवार नुवाकोटको भैरवीदेवी _DSC0124 IMG_7467sjh_photography_nuwakot kumari puja IMG_7469sjh_photography_nuwakot kumari puja IMG_7483sjh_photography_nuwakot kumari puja IMG_7549sjh_photography_nuwakot kumari pujaमन्दिरमा रहनुभएका नुवाकोट कुमारीको पूजा गरिएको छ ।   राजधानीको वसन्तपुरस्थित मुख्य जिवित कुमारीको पूजा गरी सुरु भएको जिवित कुमारीको दोस्रो बृहत् पूजा कार्यक्रमअन्तर्गत उपत्यकामा रहेका १० कुमारीको पूजापश्चात नुवाकोट कुमारीको पूजा गरी समापन पूजा अन्र्तगत नुवाकोटको भैरवीदेवी मन्दिरमा रहनुभएका नुवाकोट कुमारीको पूजा गरिएको हो ।

कुमारीको बृहत् पूजाका लागि उपत्यकाबाट गएका भक्तजनहरुलाईलाई नुवाकोट मिसा दबूः, युवक बौद्ध मण्डल बाजः खलःले बाजागाजा र सगुनले स्वागत गरीएको थियो ।  जीवत देवी कुमारी पूजा मूल व्यवस्थापन समितिको संयोजक विकास डंगोलका अनुसार यसअघि उपत्यकामा रहेका १० कुमारीको वृहत पूजा गरिएको जानकारी दिनु भएको छ ।