शुक्रबार, बैशाख १४, २०८१

भारतीय सेनाध्यक्ष रावत चार दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं चैत्र १२, नवनियुक्त भारतीय सेनाध्यक्ष विपीन रावत नेपालको चार दिने भ्रमणका लागि चैत १५ गते नेपाल आउनुहुनेभएको छ । त्यस्तै राष्ट्रपति विद्यादेवी bipinrawatभण्डारीले नेपाली सेनाको परमाधिपतिको हैसियतमा सेनाध्यक्ष विपीन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सेनाध्यक्ष विपीन रावतले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्ड रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ भने भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नुहुने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।