बिहिबार, बैशाख २०, २०८१

आज पाहुँना पर्व अर्थात पाहाँचह्रे मनाइँदै

काठमाडौं चैत्र १३, नेवार समुदायले आज पाहाँचह्रे पर्व मनाइरहेका छन् । आज बिहान विभिन्न शक्ति–पीठहरुमा पूजा गरेका नेवार समुदायले साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरी पाहाँचर्‍हे मनाउने गर्छन् । साँझ घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ । यस पर्वमा घर घरमा विभिन्न परम्परागत परिकार बनाइ खाने गरिन्छ । त्यस्तै आज  कामपा वडा न.१९ स्थित  कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ