बिहिबार, बैशाख २०, २०८१

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

हिन्दू राष्ट्रका सवालमा जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रूपमा दर्ता

काठमाडौं चैत्र १३,  नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ । केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको लगाएको हो ।

12939195_1358747647484541_1114664082_nगठित कार्य सम्पादन समितिमा कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव त्यस्तैगरि केन्द्रीय सदस्यहरू पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहनुभएको छ ।

त्यस्तै केन्द्रीय समिति बैठकमा  नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन नमिल्ने भन्दै बैठकमा छलफलका लागि भन्दै नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्र नेपाल जनमत सङ्ग्रहद्वारा टुङ्गो लगाइयोस् भन्ने कार्यसूची लिखित रूपमा दर्ता गराउनुभएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728