शुक्रबार, बैशाख १४, २०८१

४ बुँदे सहमति पछि अनसनरत पत्रकारद्दयले तोडे अनसन

Captureकाठमाडौं फागुन १६, 16997847_666442936897409_417807675894597444_nविगत ६ दिनदेखि महासंघले गैरपत्रकारलाई सदस्यता दिएकाले त्यस्तो सदस्यता खारेज गर्नुपर्ने, एकपक्षीय रुपमा गरिएको पाँचथर, इलाम र ताप्लेजुङको अधिवेशन खारेज गर्नुपर्ने, महासंघ शाखा र प्रतिष्ठानको अधिवेशन स्थगित गर्नुपर्नेलगायतका माग सहित महासंघको मुल ढोकामै अनसनरत महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेब ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीलेको मागका सवालमा आज भएको वार्ता र ४ बुँदे सहमति पछि महासंघका पूर्व सभापतिद्दय किशोर नेपाल र डा सुरेस आचार्यले जुस पिलाउँदै आमरण अनसन तोडाउँनु भएको छ ।

अनसनकारी पज्ञकारद्दय महासंघ नेतृत्ववीच महासंघका पूर्व सभापतिद्दय किशोर नेपाल र डा सुरेस आचार्यको उपस्थितीमा वार्ता भएको थियो ।

वार्ता पछि जारी सहमतिपत्रमा महासङ्घका तर्फबाट सचिव धर्मेन्द्र कर्ण र अनशनरत पत्रकारद्वय ढुङ्गाना र अधिकारीले हस्ताक्षर गर्नुभएको छ । महासङ्घ पाँचथर शाखामा भएको नयाँ सदस्यता तथा नवीकरणका सम्बन्धमा शाखा कार्यसमितिले सिफारिस गरेबमोजिम नै केन्द्रले स्वीकृत गर्नुपर्ने, जिल्लामा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, इलाम शाखाको असन्तुष्टि सम्बोधन गर्न महासङ्घ केन्द्रले संयन्त्र बनाई समाधान गर्र्नुपर्ने, ताप्लेजुङ शाखाको महाधिवेशन प्रक्रियाका बारेमा पनि केन्द्रीय संयन्त्रले नै समस्याको समाधान गर्नुपर्ने  लगायतको बुँदा समेटिएको छ ।