बुधबार, बैशाख १२, २०८१

आमरण अनशनप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाडौं फागुन १४, नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणलगायतको माग राखी तीन दिनदेखि थालिएको आमरण अनशनप्रति नेपाल प्रेस युनियनले आमरण अनशन बारे युनियनको धारणा २०७३ फागुन १३ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नुभएका पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति महासङ्घ नेतृत्वले जिम्मेवारीबोध नगरेको युनियनको आरोप छ ।

युनियनका महासचिव महासचिव अजयबाबु शिवाकोटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा अनशनकारीद्वय सञ्चारकर्मीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको जीवनरक्षाका लागि जिम्मेवारीबोधका साथ प्रस्तुत हुन महासङ्घ नेतृत्वलाई सचेत गराउँदै महासङ्घ नेतृत्वले आमरण अनशनजस्तो कठिन आन्दोलनमा उत्रिएका सञ्चारकर्मी र उनीहरुका मागलाई नजरअन्दाज गरेको उल्लेख गरिएको छ ।