शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं महासंघले सात जना पत्रकारलाइ पुरस्कृत  गरिने 

काठमाडौ फागुन १८,  गते नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको मंगलवार बसेको बैठकले शाखा आबद्ध दिवङ्गत पत्रकारको स्मृतिमा स्थापित सातवटा पुरस्कार पत्रकारिता क्षेत्रमा सक्रिय विभिन्न पत्रकारलाई दिने निर्णय गरेको छ । शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागार्इंको अध्यक्षतामा मङ्गलबार बसेको FNJ-logo-300x2461बैठकले जसुदा स्मृति पत्रकारिता पुरस्कार पवन थापा ‘कुन्तल’लाई, अग्नितारा पत्रकारिता पुरस्कार गगन विष्टलाई, वासुदेव स्मृति पत्रकारिता पुरस्कार प्रल्हाद रिजाललाई, अशोक स्मृति पत्रकारिता पुरस्कार करुण अर्याललाई, शक्ति स्मृति पत्रकारिता पुरस्कार धनबहादुर मगरलाई, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार तेजेन्द्र प्रसाईंलाई र शोभा शाह स्मृति पत्रकारिता पुरस्कार उषा लोहनीलाई दिने निर्णय गरेको हो ।

त्यस्तै चैत १ गते हुन गइरहेको महासंघको आसन्न १० औं अधिवेशनमा नेतृत्व चयनका लागि वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा निमकान्त पाण्डे र जय त्रिपाठी सदस्य रहनुभएको निर्वाचन समिति समेत गठन गठन गरेको गर्नुको अलावा बैठकले अस्वस्थ भई हाल विभिन्न अस्पतालमा उपचाररत शाखाका सदस्यलाई सोही दिन आर्थिक सहयोग प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728