शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ स्ववियु निर्वाचनको नयाँ कार्यतालिका

काठमाडौ फागुन ६ स्ववियु निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरिएको छ । त्रिविले आगामी फागुन १४ गते सम्पन्न हुने भनिएको निर्वाचन स्गथन भइ नयाँ मिति अर्थात फागुन १८ गते तय भएपछि प्रस्तुत तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक नयाँ तालिका अनुरुप फागुन ११ गते निर्वाचन मतदानमा सहभागी मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदानको कार्यक्रम तय गरिएको छ ।