बिहिबार, चैत्र १५, २०८०

माध्यमिक शिक्षा परीक्षा चैत ३ बाट (तालिकासहित)

काठमाडौ फागुन ३०,  यस वर्षदेखि एसएलसी परीक्षा प्रणाली हटेसंगै हुन लागेको मावि शिक्षा परीक्षा अन्र्तगत आगामी चैत ३ गते बाट सुरु परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज पत्रकार सम्मेलन गरेर मावि शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा १२ slc_2073_routine-1 slc_2073_routine-2को परीक्षाको नाम एसएलसी हुने गरी शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई मावि शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

परीक्षाको पहिलो दिन अर्थात चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी, चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछन् बताईएको छ । त्यस्तै यस वर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परीक्षामा सहभागी हुने र यसको लागि छ १ हजार ९ सय २३ केन्द्रको व्यवस्था गरिएको पनिकाले जनाएको छ ।