शुक्रबार, बैशाख १४, २०८१

क्वालिटी मिट प्रोसेसिङको उत्पादनको माग बढ्दै

काठमाडौं फागुन ११ , क्वालिटी मिट प्रोसेसिङ इन्डष्ट्री प्रा.लि. बुटवलको उत्पादनको माग बजारमा निकै बढेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त कुरा जनाएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रा.लि.का प्रबन्ध निर्देशक कृष्ण प्रसाद पौडेलले आफ्नो उत्पादन देश व्यापी सप्लाई हुँदै आएको जानकारी दिदै प्रा.लि.द्वारा उत्पादित चिकेन नुगेट्स, चिकेन बर्गर पाटी, चिकेन पपकर्न, चिकेन ब्रेस्ट कटलेट, चिकेन ससेज, फ्रोजेन बासा फिस, फ्रोजेन प्राउन, फ्रोजेन स्वीट कर्न एण्ड ग्रिन पिज, हास ब्राउन, भेजिक स्टीक, फ्रेन्च फ्राइ, आलु टिक्की, बर्गर पाटी, स्मोकी बाइटस्, सुपर वेयज लगायतका उत्पादनहरु हाइजेनिक हुनुका साथै स्वास्थ्य बद्र्धक भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २०५८ सालबाट बुटवलमा स्थापना प्रस्तुत कम्पनीले २०६६ सालबाट मिट प्रोसेसिङको काम गर्दै आएको र २०७३ बाट १ करोड ५० लाखमा अटोप्लान राखेर काम गर्दै आएको कम्पनीको उत्पादन मुलुकभरिका विग मार्टमा सहजै पाइने जानकारी दिएको छ ।

त्यस्तै हाल प्रा.लि.मा प्रत्यष र परोक्षरुपमा ७३ जना कर्मचारीले रोजगारी जानकारी दिदै प्रवन्ध निर्देशक पौडेलले १ सय २९वटा काउन्टरबाट कम्पनीका उत्पादनहरु विक्रि वितरण भइरहेको जानकारी दिएका छन् ।  त्यसैगरी, पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मीले उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग संघले गर्दै आएको जनाएका छन् । उद्योग व्यवसायीको हक, हित र अधिकारको लागि संघ सधै तत्पर जनाउ दिदै यस्ता उद्योगहरुलाई सरकारले प्राथमिकतामा राख्नु जरुरी रहेको बताए ।