शुक्रबार, बैशाख १४, २०८१

जनकपुरमा एमाले नेता गौतम मोर्चा कार्यकर्ताको घेराउमा

“मधेश बन्द” सफल पार्नु सहयोग गर्ने सवैमा मोर्चाद्दारा आभार,   झडपमा मोर्चाका कार्यकर्ताद्दय घाइते

काठमाडौं फागुन ११ , सरकारले संयुक्त लोकतांत्रीक मधेशी मोर्चासंग गत श्रावण १९ गते गरिएको ३ बँुदे सम्झौतामाको मर्म विपरित संविधान संशोधन 11विद्येयकलाइ टुंगो नलगाइ स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै आन्दोलनमा होमिएको मोर्चाले आफ्नो आन्दोलनको कार्यक्रम अन्र्तगत आज आव्हान गरेको मधेस बन्दको क्रममा “मधेश बन्द” पुर्ण रुपमा सफल पार्नु आआफ्नो तह र तप्काबाट सहयोग गर्ने सम्पुर्ण न्यायप्रेमी जनसमुदायमा मोर्चा धन्यवाद व्यक्त गरेको छ ।
संयुक्त लोकतांत्रीक मधेशी मोर्चाको सचिवालयको तर्फ बाट मनिष कुमार सुमनद्दारा जारी विज्ञप्तिमा मोर्चाको कडा विरोधका बाबजुद् जनकपुर आइपुगेका एमाले नेता वामदेव गौतमलाइ रोक लगाउँदा भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीका नेता राजकुमार साह, विद्यार्थी मञ्चका नेता कुल्दीप साह लगायतलाई झडपको नाममा गम्भीर घाइते बनाएको घटनाको निन्दा गर्दै घाइते नेतागणको सिघ्रस्वास्थ्यलाभको कामना गरेको छ ।

त्यस्तै विज्ञप्तिमा सरकारद्वारा संसदमा दर्ता गराइएको संविधान संशोधन विद्येयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभएसम्म र आफ्ना मुद्दाहरुको सम्बोधन नभए सम्म मधेश संघर्षरत रहने जनाउ दिदै विहिवारबाट आगामी १५ दिन सम्म गाउँ, नगर तथा सदरमुकामहरुमा भण्डाफोर कार्यक्रमको आयोजना गरिने उल्लेख गरिएको छ यसैबीच, मधेसी दलनिकट विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसीद्दारा जारी विज्ञप्तिमा जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् ।